News विदेश

बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको ट्रम्पको दाबी

बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार स्पष्ट पारेका हुन् । 
‘मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन, यसलाई भ्रामक खबर बनाइएको हो’ ट्रम्पले द सन पत्रिकाकोे अन्तवार्ता संस्करणका विषयमा बोल्दै भने । 

 

यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा आज दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

विशेष