News स्वास्थ्य

बुटवलमा देखियाे ‘सिकलसेल एनिमिया’

बुटवलमा देखियाे ‘सिकलसेल एनिमिया’

बुटवल । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । 

 

उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए ।

 

यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ भन्दै उनले  ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला स्थापना भएको २० दिनमात्रै भएको छ जसका कारण बिरामीलाई अस्पतालमा त्यसको उपचार हुन्छ भन्ने विषयमा समेत जानकारी छैन । 

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल अाएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए। 

बुटवल लुम्बिनी अञ्चल अस्पताल

विशेष