News मुख्य समाचार प्रदेश ३

जिप दुर्घटना ५ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु१ख ९९९ नम्बरको बोलेरो जिप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । 


मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ रहेको प्रहरीले जनाएको छ । 

 

गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेरको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । 

 

सिन्धुपाल्चोक जिप दुर्घटना

विशेष