वर्षा र बाढीका कारण जापानमा मृत्यु हुनेकाे संख्या २०४ पुग्याे
एजेन्सी । जापानमा वर्षा र बाढीका कारण शुक्रबार अहिलेसम्म २०४ जनाको ज्यान गएकाे छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान जानकारी गराएका हुन् । उक्त बाढीमा परि २८ जना वेपत्ता भएका छन् । जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा १५० जनाको ज्यान गएको छ त्यसैगरी हिरोसिमामा पनि बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ ।
जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको हो । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् ।
मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ ।
जापान वर्षा र बाढी