News देश

कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई राजदूतको आग्रह

कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई राजदूतको आग्रह

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक बीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको जनाइएको छ ।

 

 भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुृक रहेको बताए ।

 

 त्यसैगरी राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताएका थिए । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन नेपाल सरकारले तत्काल कदम चाल्ने बताए ।

 

 राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह समेत गरे । 

गृहमन्त्री रामबहादुर थापा कोरियाका राजदूत किम योङ हक

विशेष