शाही परिवारको आलोचना गरेको हुनाले साऊदीका धर्मगुरु गिरफ्तार
एजेन्सी । साऊदीका प्रमुख धर्मगुरु शेख सफर अल हवालीले आफ्नो पुस्तकमा साऊदीका शाही परिवारको वारे आलोचना गरेका हुनाले शाऊदी प्रहरीले शेखलाई हिरासतमा लिएका छन् ।
यो भन्दा पहिले पनि शेखले अमेरिकी सैनिकसँग मिलेर साऊदीकै संम्बन्धमा विरोध गरेकाले उनलाई जेल हालिएको थियो । सऊदी सरकार अनुसार, शेख हवालीले अमेरिकाको विरोध र इस्लाम विरोध कुराहरु किताबमा लेखेका हुन् ।
स्थानिय रिपोटरको अनुसार, सुन्नीको विद्वान शेख सफर अल हवाली र साऊदीका सहवा यी दुई सुधारवादी आंदोलन गर्ने प्रमुख व्यक्ति हुनाले उनीहरुलाई हिरासतमा राख्न जरुरी रहेको हो ।
शाही परिवारको बारे नानाथरी कुरा लेखेकोले साऊदी सरकारले ठूलै कदम उठाउँन जरुरी रहेको स्थानीय रिपोटरले बताए ।
लंदनस्थित साऊदी अधिकार समूह एएलक्यूएसटीले बताए अनुसार, शेख हवालीले शाही परिवारको आलोचना किताबमा लेखि प्रकाशित गरे लगतै गिरफ्तार गरेका हुन ।