News मुख्य समाचार समाज राजनीति प्रदेश २ प्रदेश ३

राजपा जिम्मेवार पार्टी बन्ने

राजपा जिम्मेवार पार्टी बन्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो । 

 

बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । 

उनका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे राजपाले जनताको अपेक्षाअनुरूप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । 

 

राजपालाई मधेस केन्द्रित दलका रूपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरूपमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

 

सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् । 

 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संसद्मा

विशेष