राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक

मकवानपुर । उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ ।
उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई पेस गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो ।
स्थायी राजधानी उच्च अदालत इजलास हेटौंडा