News समाज देश

एलएलबी प्रथम वर्षको भर्ना अन्योलमै

एलएलबी प्रथम वर्षको भर्ना अन्योलमै

त्रिभुवन विश्वविद्यालय कानुन संकाय डीनको कार्यालयले कानुन स्नातक तह प्रथम वर्षमा भर्ना खुलाउँदा कोटा प्रणाली लागु गरेको विषयमा चुलिएको विवाद ४ महिना बितिसक्दा पनि हल हुन सकेको छैन । विवाद एकपछि अर्काे गर्दै उत्कर्षमा पुगेको छ ।्

 

विवादै विवादबीच क्याम्पसका विभिन्न विद्यार्थी संगठनले ४१ दिनसम्म डीन र सहायक डीनको कार्यालयमा ताला लगायो ।

 

डीन कार्यालयले ५ सय विद्यार्थी भर्ना लिन तोकिएको कोटा प्रणालीमा अपुग भनेको भन्दै विद्यार्थी संगठनहरुले असन्तुष्टी स्वरुप भर्ना नै ठप्प पार्‍यो ।

 

डिन कार्यालयले गुणस्तरीय शिक्षा दिन भन्दै यो वर्षदेखि कोटा प्रणालीमार्फत भर्ना लिन सूचना निकाले लगत्तै विवाद सुरु भएको हो । त्यससँगै विद्यार्थी संगठनहरु बीचको सहमतिमा डीन कार्यालयले ८ सय विद्यार्थी कायम हुने गरी भर्ना लिन जेठ १९ गते प्रवेश परीक्षा लियो ।

 

प्रवेश परिक्षाको नतिजा बाहिर नआउँदै केन्द्रीय स्तरीय विद्यार्थी संगठनका नेताहरु र डिन कार्यालय बीच असार १४ गते प्रवेश परिक्षाको नतिजा चाँदै प्रकाशित गर्ने र अन्य विद्यार्थीलाई प्रकृया पु¥याएर भर्ना गर्ने भन्दै एक किसिमको सहमति भयो ।

 

परिक्षा लिएपछिसम्म साम्य रहेको क्याम्पसमा यसै सहमतिले फेरी विवाद चुलियो । यसै विषयलाई लिएर अहिले फेरी डिन र सहायक डिनको कार्यालयमा ताला लागेको छ । वक्तव्य बाजी देखि सर्वाेच्चसम्म रिट परेको छ ।

 

असार १४ गतेको सहमति स्थगन गर्दै ८ सय विद्यार्थी भर्ना गर्न तोकिएको कोटा कायम गर्न कृतिका गौतम लगाएतको समूह सर्बाेच्च गएका थिए । सर्बाेच्चले दुबै पक्षलाई साउन १७ गते छलफलका लागि डाकेको छ । नेपाल समाचारपत्र

त्रिभुवन विश्वविद्यालय कानुन संकाय

विशेष