News राशिफल

आज - ३१ आषाढ २०७५ आइतवारको राशिफल

आज - ३१ आषाढ २०७५ आइतवारको राशिफल

अाज मिति वि.सं. २०७५ साल असार ३१ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– तृतीया, २५:३७ बजेउप्रान्त चतुर्थी। नक्षत्र– अश्लेषा, १७:४१ बजेउप्रान्त मघा। योग– सिद्धि, २५:३० बजेउप्रान्त व्यतीपात। करण– तैतिल, १४:४७ बजेदेखि गर, २५:३७ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, १७:४१ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १२ पला।


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यर्थको यात्रामा जान बाध्य भइएला । नजिक व्यक्तिबाट धोका पाईन सक्छ । पेट सम्बधी समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ ।


मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।


सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा समस्या आउला । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहला ।


तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।


धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला ।


कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ ।


बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको मन जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।\


कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वित्तिय संस्था बाट सहयोग पाईनेछ । पारिवारीक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।


कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।


बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।


मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ ।


मीन

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिक विकास होला । - ज्यो.पं. नारायणप्रसाद दुलाल

राशिफल

विशेष