News रोजगार मुख्य समाचार

महिलाहरुका लागि खुसिको खबर


काठमाडाै‌ । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ ।

 

बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म कुनै महिला थिएन । 

 

सन् २०२० को बसन्त ऋतुबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि भर्ती खुल्ने र तालिम  सुरु हुने समाचारमा उल्लेख छ ।

 

महिला भनेर महिलालाई तालिमको नियममा कुनै फरक हुने छैन् । पुरुष र महिलाहरुका भर्ना छनोट प्रक्रिया र तालिममा बराबरी नै हुनेछ । 

 

भर्ना हुन इच्छुक उम्मेदवारहरुलाई ५५ एलबी अर्थात् झण्डै २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ ।

 

भारी बोकेर करिब तीन माइलको दुरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्दछ ।


 

ब्रिटिश गोर्खा सैनिक

विशेष