सपनाको पनि उपचार छ
जब तपाईं आफ्नो उपचारका लागि कुनै होमियोप्याथिक चिकित्सककहाँ पुग्नुहुन्छ, त्यतिवेला डाक्टरले तपाईंको शारीरिक तथा मानसिक समस्याबारे जानकारी लिन्छ ।
यसबाहेक तपाईंको भोक, प्यास, जाडो, गर्मी, इच्छा, अनिच्छा, रिस, द्वेष, स्वभाव, पेसा, सामाजिक अवस्था, निद्रा एवं राति सुत्दा देखिने सपनाको बारेमा पनि प्रश्न गर्छ । यसले रोगीलाई आश्चर्यमा पार्न सक्छ । र, कतिले प्रश्न गर्छन्, ‘डाक्टर साब, मेरो रोगसँग सपनाको के सम्बन्ध छ त ?’
० केही सपना यस्ता पनि देखिन्छन्, जसको स्वयं व्यक्तिको वास्तविक जीवनसँग कुनै सम्बन्ध नै हुँदैन । कतिपय कल्पनाभन्दा बाहिरको कुरा सपनामा देखिन्छ । यस्ता सपना अपूर्ण इच्छा, कुनै प्रकारका भय आदिमा आधारित पनि हुन सक्छन् ।
० डरलाग्दो, भयानक सपना देखेर केही व्यक्ति अत्तालिन्छन् । कोही डिप्रेसनको समेत सिकार हुन्छन् । उनीहरूलाई कुनै अशुभ घटना हुने भय हुन्छ ।
० औछ्यानमा पिसाब फेर्ने (बेड वेटिङ) समस्याबाट केटाकेटी मात्र नभई बढी उमेरका मानिस पनि पीडित हुन्छन् । सपनामा ओच्छ्यानमै पिसाब गर्नेले बाहिर गएर पिसाब गरिरहेको सपना देख्छन् । क्रियोजोट नामक औषधिको प्रयोगले यस किसिमको सपना आउन बन्द हुनुका साथै रोग पनि ठीक हुन्छ ।
० सर्पले लखेटेको, केही विषालु कुराले ठुँगेको वा बाटो छेकेकोजस्ता सपना पटक–पटक देख्ने मानिसको मन सधैँ भयभीत हुन्छ । जसले गर्दा अजीर्ण, स्नायु दुर्बलता, रक्तहीनता आदिजस्ता मोनोदैहिक रोगबाट ग्रस्त हुन सकिन्छ । यसका लागि आर्जेन्टम नाइट्रिकम नामक औषधिको प्रयोग गर्नुपर्छ । यस्तो औषधिको प्रयोगबाट त्यस प्रकारका सपना देख्न रोकिने मात्र होइन, अन्य शारीरिक एवं मानसिक रोग पनि स्वतः निको भएर जान्छ ।
० त्यस्तै, हावामा उडेको, अनकन्टार ठाउँमा डुलेकोजस्ता सपना पटक–पटक देखिन्छ भने त्यस्ता भनिसले ‘एपिस मेलिफिका’ नामक औषधिको प्रयोग गर्नुपर्छ । यो औषधि एपिस मेलिफिक जातको मौरीबाट बनेको हुन्छ ।
० सपनामा कुकुर, बिरालो देख्ने समस्या भएमा औपियम, आर्निकालगायत औषधिको सेवन गर्नुपर्छ ।
० मानिसले सपनामा भूत, प्रेत, लास पनि देख्ने गर्छ । नियमित यस्तो सपनाबाट सिकार भएमा थुजा, आरम मेटालिकमजस्ता औषधिको सेवन गर्नुपर्छ ।
० सपनामा आगो, पानी देखिरहने भएमा नेट्रम–म्युर नामक औषधि सेवन गर्नुपर्छ ।
० त्यस्तै, आफैँले पानी पिउँदै गरेको सपना देखेमा ड्रोसेरा नामक औषधिको सेवन गर्नुपर्छ ।
० कहिलेकाहीँ सपनामा आफैँ मरेको पनि देखिने गर्छ । यस्ता प्रकारका सपनाबाट टाढा रहन चिनिनम–आर्स नामक ओषधिको सेवन गर्नुपर्छ ।
० कतिपय अवस्थामा घाँटी थिचिरहेजस्तो पनि लाग्छ । यस्ता खालको लक्षण देखिएमा सेबाडिला, स्पाजेलियाजस्ता औषधिको प्रयोग गर्न सकिन्छ ।
० कुनै युद्ध वा लडाइँ भएको सपना देखिरहनुभएको छ भने आर्सेनिक एल्ब नामक औषधिको सेवन गर्नुपर्छ ।
० रातभर सपना देखेर हैरान हुनुहुन्छ भने पायोरिजिनम सेवन गर्नुस् ।
० सपनामा ब्युँझने, झस्किने समस्या भएका मानिसलाई सोरिनिम नामक औषधि लाभदायक हुन्छ ।
० यस्ता औषधिको सेवन भने होमियोप्याथिक चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्न जरुरी हुन्छ ।
उपचार र सपनाको सम्बन्ध
० होमियोप्याथी चिकित्सा पद्धत्तिमा रोगको निदान गर्ने प्रक्रिया अन्य चिकित्सा प्रणालीभन्दा अलि फरक हुन्छ । यसमा बिरामीको समष्टिगत रूपलाई ध्यानमा राखेर रोगको निदान गरिन्छ ।
जसमा शारीरिक अंग, प्रत्यांगका अलावा रोगीको मनोविकार, अन्तस्करणमा निहित भावना तथा उद्वेगको पनि समावेश गरिन्छ । हाम्रो जीवन तीन भागमा विभक्त छ, जाग्रत, स्वप्न र सुषुप्त अवस्था । यी तीनै अवस्थाको होमियोप्याथिक चिकित्सा विज्ञानमा महत्वपूर्ण स्थान छ ।
० जीवनको आधा समय निद्रामै बित्ने गर्छ । मानिसका कतिपय कामना जाग्रत अवस्थामा पूरा हुँदैनन् । त्यसलाई उसले सपनामा पूरा गर्छ । सपनामा मानिस कसरी बाँच्दछ ? कस्ता सपना देख्छ ? सपनाप्रति उसको विचार कस्तो छ ? उपचारमा मानव जीवनको यस महत्वपूर्ण भागलाई उपेक्षा गर्न सकिँदैन । नयाँ पत्रिकाबाट
होमियोप्याथिक चिकित्सक