News स्वास्थ्य

मिर्गौला रोगले आँखामा समस्या

मिर्गौला रोगले आँखामा समस्या

मिर्गौलामा कुनै समस्या भएमा यसले शरीरका थुप्रै अंगमा असर पुर्‍याउँछ । यो खतरनाक रोगमध्येको एक हो । मिर्गौलासम्बन्धी समस्याले आँखामा पनि समस्या सिर्जना गर्छ । यसको राम्रोसँग उपचार नगरेमा दृष्टि नै गुम्नेसम्मको खतरा हुन्छ ।


 मिर्गौलामा समस्याका कारण आँखाको दृष्टि धमिलो हुन पनि सक्छ । त्यसैले यसबारे डाक्टरसँग सल्लाह गर्न आवश्यक हुन्छ । मिर्गौलाका बिरामीले समयमै उपचार नगराएमा आँखाको दृष्टि नै गुम्ने खतरा हुन्छ । तर, यस्तो समस्या मिर्गौलासम्बन्धी समस्याको अन्तिम चरणमा हुने गर्छ ।


 शरीरमा सही मात्रामा खनिजको निर्माण गर्ने कार्यमा मिर्गौला जिम्मेवार हुन्छ । मिर्गौलामा कुनै समस्या भएमा यसको प्रक्रिया पनि प्रभावित हुन्छ । जसको परिणाम पूरै शरीर र आँखा चिलाउने समस्या हुन्छ ।


 आँखा रातो हुनुको आमकारण भनेको एलर्जी या संक्रमण हुन् । तर, मिर्गौलामा हुने समस्याका कारण पनि आँखा रातो हुने गर्छ । यसरी आँखा रातो मात्र हुँदैन, नियमित रूपमा हल्का दुखाइको पनि महसुस हुन्छ ।


 आँखामा रुखोपन हुने समस्यालाई क्रोनिक सिन्ड्रोम भनिन्छ । खासमा आँखा जति बढी रगडिन्छ, त्यति नै रुखो भएर जाने गर्छ । रुखो आँखाले राम्रोसँग काम गर्दैन र देख्न पनि सक्दैन । त्यस्तै, मिर्गौलामा समस्या हुँदा आँखामा क्याल्सियम र फस्फेट जम्मा हुन थाल्छ । जसले आँखालाई रुखो बनाउने गर्छ ।


 आँखामा घाउ हुने समस्या दुखाइसम्बन्धी सिन्ड्रोम हो । यसका कैयौँ कारण हुन्छन् । जसमध्येको एक मिर्गौलासम्बन्धी समस्या पनि हो । पटक–पटक आँखामा घाउ भएमा डाक्टरसँग सल्लाह गर्न जरुरी हुन्छ । यसले आँखाको कोर्निया, कन्जक्टाइब र सेतो भागलाई क्षति पु-याउने गर्छ ।


 

 मिर्गौलामा समस्याका कारण रेटिनोप्याथीको पनि समस्या हुने गर्छ । यो आँखासम्बन्धी एक प्रकारको रोग हो । यसको पहिलो लक्षण नै दृष्टि कमजोर हुने हो । यसको समस्याले आँखाको पर्दामा बनेको रक्तवाहिनीबाट तरल पदार्थ निस्कन सुरु गर्छ र आँखाको दृष्टिमा असर पुग्छ । नयाँ पत्रिकाबाट ।

मिर्गौला आँखामा समस्या

विशेष