विदेश मुख्य समाचार

सामूहिक बलात्कारपछि मन्दिरमा लगेर महिलालाई जिउँदै जलाए

सामूहिक बलात्कारपछि मन्दिरमा लगेर महिलालाई जिउँदै जलाए

भारतको उत्तर प्रदेशमा एक महिलाको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ । सम्भला जिल्लामा पाँच व्यक्तिले ३५ वर्षकी महिलाको सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएका हुन् ।

 

टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार आफूलाई बलात्कारीले जलाउनु पूर्व पीडित महिलाले प्रहरीको हेल्पलाइनमा फोन गरेकी थिइन् । यो जानकारी पीडितका श्रीमानले दिएको खबरमा उल्लेख छ ।

 

पीडित महिलाका श्रीमान मजदुर हुन् । महिलाले फोन गरे पनि प्रहरीले कुनै सहयोग नगरेको आरोप छ । घरमा सुतिरहेकी महिलालाई पाँच व्यक्तिले पालै पालो बलात्कार गरेको राजपुर प्रहरी चौकीका प्रहरी अधिकारीले बताएका छन् ।

 

घरमै बलात्कार गरेपछि नजिकैको मन्दिरमा लगेर उनीहरुले महिलालाई जलाएका हुन् ।

 

बलात्कारपछि पाँचैजना बाहिरिएका थिए, त्यो बेला महिलाले भाइलाई फोन गरेर घटनाबारे जानकारी दिइएकी थिइन्, तर प्रहरी आउनु पूर्व नै बलात्कारी फर्किए अनि महिलालाई घिसारेर बाहिर लगि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

महिलाका दुई सन्तान छन् । प्रहरीले आरोपित विरुद्ध उजुरी लिएर अनुसन्धान सुरुगरेको छ ।

सामूहिक बलात्कार

विशेष