News समाज देश

केयर फाउण्डेशनले हक अधिकार तथा शिक्षाको लागि नयाँ योजना ल्यायाे 

केयर फाउण्डेशनले हक अधिकार तथा शिक्षाको लागि नयाँ योजना ल्यायाे 

काठमाडाैं । शनिबार राजधानीमा केयर पाउण्डेशनले मानव अधिकारसँगको सहकार्यमा काम गर्ने र साथै 'केयर एडु' को नयाँ योजना ल्यएका छन् ।

 

कार्यक्रमको प्रमुख आतिथ्यतामा राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी थिइन् । कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन गरियो ।

 

कार्यक्रममा अन्सारीले, मुस्लिम समुदायले राज्यको सबै मुख्य भुमिकामा आफ्नो योगदान दिदैँ आएको छ । हाम्रो समुदायलाई राज्यले मुख्य निकायहरुमा राख्दैन्

 

जब कि मुस्लिम समुदाय आफ्नो मिहिनेतले नै अगाडी बढेकाे हुन्छ । न कि कसैको दयाले वा कुनै राजनैतिक चलखेलले । जब मुलधारको कुरा आउछ तब हाम्रो समुदायलाई जानेरै पछाडि गर्छन् । हाम्रो समुदायलाई मुस्लिम संगठनमा मात्र सिमित गरियो तर अब पार्टीले संरक्षण सहित उच्च तह सम्म पुर्‍याउनुपर्याे। 

 


मुस्लिम समुदायहरुलाई राज्यको हरेक मुख्य विषयहरुमा के कति जानकारी छ । छैनभने 'केयर एडु'ले अब त्यसबारे मुस्लिम समुदायलाई अनिवार्य रुपले जानकारी गराउनु पर्यो ।

 

अन्सारीले मुस्लिम समुदायको हक अधिकार तथा सँस्कृितिकाे बारेमा भनिन् । राजनैतिक, समाजिक, शैक्षिक, आर्थिक मुद्दाको सवालमा मुस्लिम समुदायलाई एक हुन जरूरी छ ।

 

मुस्लिम अगुवाहरुलाई मुस्लिमको नाममा संचालन गरिएको संग़ठन सम्म मात्र सिमित नगरी राज्यले ल्याई रहेको विभिन्न योजना, नीति नियम, सूचना बारे चौतर्फी रुपमा सूचित गराउने माध्यमको निर्माण गरेर मैन स्ट्रिममा ल्याउने वातावरण सृजना गर्नुपर्याे ।

 

केयर ह्यूमन राइटको अध्यक्ष पदमा नियुक्त भएका हजरत अली खानले समुदायलाई राज्यले शैक्षिक राजनैतिक सामाजिक तहमा उपलब्धि बिहीन अपहेलित शोषित निरन्तर बनाई अवस्थामा केयर ह्युमन राइट्सको घोषणा हुनु सम्पूर्ण मुस्लिम समुदायको लागि सौभाग्य भएको बताए ।

 

कार्यक्रममा पूर्व मन्त्री अकबाल शाह, पूर्व राज्य मन्त्री जाकिर हुसैन, नेपाल डेभलपमेंट सोसाइटीका अध्यक्ष नज़रुल हसन फलाही, मुस्लिम इत्तिहाद संगठनका अध्यक्ष सेराज फारूकी , नेता ताज मोहम्मद मिया, पूर्व सिडीओ अब्दुल कलाम खान लगायत व्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए ।

 

सर्वसहमतिबाट चयन गरी घोषणा गरिएको कार्यसमितिमा प्रथम उपाध्यक्ष थर्ड एलायन्सका उप-प्रादेशिक कार्यालय नेपालगन्जका प्रमुख आलम खान र दोस्रो उपाध्यक्षमा मोहम्मद जलालुद्दीन मिया छन भने सचिवमा माजिद परवेजलाई नियुक्त गरिएको छ । राजा हुसैन, सकीना बानू , मोहम्मद इरफान रजा ,मोहम्मद अजीज, बी बी खराललाई चयन गरिएको छ ।

मानव अधिकार केयर एडु केयर पाउण्डेशन राष्ट्रिय मानव अधिकार

विशेष