टक–पटक प्रयोग नगर्नुहोस् एउटै तेल
खाने तेल स्वस्थकर खानुपर्छ भन्ने अधिकांशलाई ज्ञान छ । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याइन्छ । तर, भान्सामा सही तरिकाले नराख्दा या प्रयोग गलत हुँदा अस्वस्थकर तेल खाएको भने धेरैलाई पत्तो नहुन सक्छ । बजारबाट ल्याएको स्वस्थ तेल सेवन गर्दासम्म यसरी अस्वस्थकर बन्न सक्छ :
० खुला मुख भएको भाँडोमा राख्दा भान्सामै तेल अस्वस्थकर हुन सक्छ । खाने तेल जहिले पनि साँघुरो मुख भएको भाँडोमा राख्नुपर्छ । खुला मुख भएको भाँडोमा राख्दा अक्सिजन धेरै छिर्न पाउँछ । तेलमा अक्सिजन मिसिनु भनेको पानीको मात्रा पर्नु हो । यो अवस्थामा तेल चाँडै बिग्रिन्छ ।
० तेल फ्याटी एसिड भएकाले अक्सिजन र पानीको रियाक्सन हुँदा फ्री फ्याटी एसिड बन्छ । साना -याडिकलहरू तयार हुन्छन् र रियाक्टिभ भएर स्वास्थ्यमा असर गर्छ ।
० लामो समयसम्म एउटै भाँडोमा राख्दा पनि तेल बिग्रिन्छ । तेल राख्ने भाँडो बदल्ने तथा वेला–वेला सफा गर्नुपर्छ ।
० एकपटक प्रयोग गरिसकेको तेल तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक–पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन्छ । यस्तो तेल अर्को ताजा तेलमा मिसाउनु पनि हानिकारक हुन्छ ।
मदन चापागाईं, खाद्य प्राविधिक
खाने तेल