News विचित्र विश्व

दुनियाँकै लामो नङ अन्ततः ६६ वर्षपछि काटे, नङ काट्न फलाम काट्ने मेसिनको प्रयोग

दुनियाँकै लामो नङ अन्ततः ६६ वर्षपछि काटे, नङ काट्न फलाम काट्ने मेसिनको प्रयोग

भारतका ८२ वर्षीय श्रीधर चिल्लालले ६६ वर्षसम्म पालेको आफ्ना औंलाका नङ अन्ततः नङ काटेका छन् । १९५२ देखि नङ पाल्दै आएका चिल्लालले ८२ वर्षको उमेरमा काटेका हुन् ।

 

सन् २०१४ को नोभेम्बरमा उनले सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यसबेला उनका नङको लम्बाई ९०९.६ सेन्टिमिटर थियो ।

 

यद्यपि, दैनिक जीवनका काम गर्न सकियोस् भनेर उनले केवल बायाँ हातमा मात्र नङ पाल्दै आएको थिए र दायाँ हातका नङ भने काट्दै आएका थिए । अहिले चाहिँ उनले आफ्ना बायाँ हातका कीर्तिमानी नङ पनि काटेका छन् ।

 

उनका नङ अमेरिकाको न्युयोर्कस्थित रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ ।

 

यति लामो समयसम्म नङ नकाटेका कारण उनको बायाँ हातमा भारी वजनका कारण समस्या उत्पन्न भएको थियो ।

 

भारतको महाराष्ट्रस्थित पूणेका बासिन्दा श्रीधर आफ्नो बायाँ हातका नङसमेत काटेपछि सामान्य जीवनमा फर्किएका छन् तर हात उठाउन र चलाउन भने गाह्रो हुने गरेको छ ।

 

६६ वर्षसम्म पालिरहँदा उनका नङ यति कडा भएछन् कि त्यसलाई काट्नका लागि फलाम काट्ने मेसिनकै प्रयोग गरिएको थियो ।

य श्रीधर चिल्लाल लामो नङ

विशेष