सिडिओले राखे आफ्नै पत्नीलाई स्वकीय
धनुषा l धनुषाका प्रमुख जिल्ला अधिकारी सीडीओ गोपालप्रसाद पराजुलीले कार्यभार सम्हालेको झण्डै तीन महिना भयो।
उनका स्वकीय सचिवका रूपमा निजामतीका शिवचरणले काम गर्दै आएका छन्। तर सीडीओ पराजुलीले स्कीय सचिवका रूपमा पत्नी सुष्मालाई नियुक्त गरेको पाइएको छ।
रौतहटका सीडीओ गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रूपमा कार्यरत छन्। तर रिजालले करारतर्फ स्वकीय सचिवका रूपमा भाइ वासुदेवलाई नियुक्ति दिलाएका छन्। यता सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले स्वकीय पदमा ‘उचित मान्छे’ राखिएको बताए पनि नाम खुलाएनन्।
सिरहा, सर्लाही, बार, पर्सासहित अन्य जिल्लाका सीडीओको अवस्था पनि उस्तै छ।
अन्नपुर्ण पोष्टबाट ।