विदेश मुख्य समाचार

परिवारका सबै सदस्यद्वारा आत्महत्या !

परिवारका सबै सदस्यद्वारा आत्महत्या !

एजेन्सी । भारतको झारखण्ड राज्यको हजारीबाग शहरमा एकै परिवारका ६ जनाले आत्महत्या गरेका छन् । हजारीबाग सहाय मार्गका ७० वर्षे महावीर माहेश्वरीको परिवारका सबैजनाले अात्महत्या गरेकाे अाशंका गरिएकाे हाे ।

 

उनीहरूकाे ड्राइ फ्रुट्सको व्यापार थियो ।  ती सबै शबसँग ‘सुसाइट नोट’ पनि भेटिएको हजारीबाग प्रहरीले जनाएको छ । सबै लाशहरु घरका अलग अलग सथानमा भेटिएको र सबैको लाशसँगै सुसाइड नोट पनि भेटिएकाले घटनाबारे अनुसन्धान सुरु गरिसकिएको प्रहरीको भनाइ छ ।

‘सुसाइड नोटमा’ आफुहरुले स्वेच्छाले आतमहत्या गरेको लेखिएको छ । परिवारका सबैभन्दा साना छोरा अमनले भने आत्महत्या गर्न नसक्ने हुँदा उनको हत्या गरिएको पनि सुसाइड नोटमा उल्लेख छ । व्यवसायी परिवारका छिमेक तथा आफन्तका अनुसार उनीहरुले व्यापारमा निकै घाटा व्यहोरिरहेका थिए ।
 

अात्महत्या भारत झारखण्ड राज्य

विशेष