राजनीति News Breaking News मुख्य समाचार प्रदेश ३

प्रतिनिधिसभाको दोस्रो बैठकपनि अवरुद्ध 

चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सरकार असफल

प्रतिनिधिसभाको दोस्रो बैठकपनि अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको दुबै बैठक अवरुद्ध पारेका छन् । 


सरकारद्वारा प्रस्तुत चिकित्सा शिक्षा विधेयकको विरोधमा उत्रेका प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेर डा. गोविन्द केसीको मागअनुरूपको विधेयक प्रस्तुत गर्नुपर्ने माग गरेका हुन् । तर, सत्तारूढ नेकपाका सांसदहरूले भने नियमापत्ति मात्र गरेनन्, सहमति उल्लंघन गरेको आरोपसमेत लगाएका छन् ।

 

 

सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरद्ध पारेकाले बैठकको कारबाही अगाडि बढाउने अवस्था नदेखेपछि कारबाही स्थगित गरेको घोषणा गरे ।  

 

दोस्रो बैठककमा कांग्रेसका पुष्पा भुसालले सरकार डा. केसीको माग पूरा गर्नुपर्ने धारणा व्यक्त गरिन् । 
सभामुख महराले सरकारका तर्फबाट डा. केसीका सम्बन्धमा केही कुरा समय माग गरेका छन् । प्रतिपक्षी माननीयजीहरू बस्नुस् भनेर आग्रह गर्दा पनि कांग्रेसका सांसदहरू लगातार विरोधमै उभिरहँदा सभामुख महराले बैठक आगामी साउन ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे । 

 

यसअघिको बैठकमा कांग्रेसका मीन विश्वकर्माले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको भन्दै विरोध गरेका थिए ।

 

उनले शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्ने विषयमा प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनशनमा बस्दा पनि सरकार गैरजिम्मेवार ढंगले अगाडि बढेको आरोप लगाए । 

तर, कांग्रेस सांसदले नमानेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।  पछिल्लो पटक चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेको विरोधमा कांग्रेसले संसद बैठक पटक–पटक अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।   
 

संसद बैठक चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठक अवरुद्ध  

विशेष