News समाज देश

डा. केसीको मुटुको चालमा समस्या

डा. केसीको मुटुको चालमा समस्या

सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ ।



रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए ।



सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० को हाराहारीमा पुगेको चिकित्सकले जनाएको छन् ।

 

गए रातिबाटै डा. केसीको इसिजिमा एक्टोपिक बिट्सहरू देखिन थालेको छ ।



गतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्स देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

 

’यसरी मुटुको चाल परिवर्तन हुनु निकै खतराको संकेत हो,’ डा. धीरज गुरुङले भने, ‘यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनकुनै वेला पनि बन्द हुन सक्छ ।’यो खबर आजको नयाँ पत्रिकामा छ । 

डा.गोविन्द केसी

विशेष