News राजनीति

कानुनमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

कानुनमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङकाे अभिव्यक्तिप्रति आपत्ति जनाएकाे छ । 

 

संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी प्रवृतिको अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदनमा मन्त्रीको जवाफ माग गरेको हो ।

 

 मन्त्री तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आहृवान गरेका थिए । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै कांग्रेसक सचेतक पुष्पा भुसालले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।

 

संविधान कार्यान्यन गर्ने चरणमा रहेको सरकारका जिम्मेवार मन्त्रीले सदनलाई प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने गरी संसदीय मूल्य मान्यता विरुद्धको अभिव्यक्ति दिएको भन्दै उनले त्यसबारे सदनमा जवाफ माग गरिन् ।

 

संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलको सहयोग लिएर अघि बढ्नुपर्नेमा सरकार प्रतिपक्षी दल अावश्यकता नपर्ने जस्ताे खाल्काे प्रवृति देखाउन थालेकाे सचेतक भुसालकाे भनाइ थियाे।

 

उनले भनिन् “ संविधान कार्यान्वयनक लागि अझै ३५ वटा भन्दा बढी कानुन पास गर्नुपर्छ । त्यो कानुन पास गर्नका लागि संसदको आवश्यकता त पर्ला ? प्रमुख प्रतिपक्षी दलको आवश्यकता त पर्ला ? कहिँ कतै संविधानको ति विषय वस्तुलाई कार्यान्वय नगर्ने नियत त होइन ?” उनले कांग्रेस संसद छोडेर बाहिर नजाने चेतावनीसमेत  दिए । 

 

विशेष