News मुख्य समाचार

अभियान सञ्चालन पछि चुहावटमा नियन्त्रन

अभियान सञ्चालन पछि चुहावटमा नियन्त्रन


लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४-७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । 

 

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आ.व २०७४-७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए । 

 

समयमा विद्युतको महसुल नबुझाउने ७१२ ग्राहकको विद्युत् लाइन चालु आ.वमा काटिएको यादवले बताए । विद्युतको बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटिएको हो । 

 

“विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट रु एक करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको छ,” यादवले भने । 

 

त्यस्तै वितरण केन्द्र लहानले चालु आ.वमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । कारवाही गरिएकाबाट रु २८ लाख १६ हजार राजश्व संकलन हुनाका साथै सो क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो ।  
 

विद्युत् चुहावट नियन्त्रण

विशेष