News स्वास्थ्य

आन्दोलनलाई लिएर चिकित्सकहरू विभाजित

सत्ता निकट डाक्टरले सेवा प्रदान गर्ने

आन्दोलनलाई लिएर चिकित्सकहरू विभाजित

काठमाडौं । डा. गोविन्द केसीको आमरण अनशनलाई लिएर चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघमा पनि विभाजनको रेखा कोरिएको छ । 


संघले डा. केसी माग सरकारले पूरा नगरेकोमा विरोध स्वरूप बिहीबार एक दिन आकस्मिकबाहेक अन्य सेवा ठप्प पार्ने निर्णय गरेलगत्तै सत्तारूढ दल नेकपासम्बद्ध  राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले त्यस विरोध कार्यक्रममा सहयोग र समर्थन नरहने जनाएको छ । 


सत्तापक्षीय चिकित्सकहरूले संघको कार्यक्रममा साथ नदिने मात्र होइन अस्पतालमा नियमित सेवा पनि प्रदान गर्ने भएका छन् । 


राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलका अनुसार सरकारले वार्ता टोली गठन गरेर सहमति खोजिरहेकाले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम जायज नलागेको बताए । उनले भने, ‘डा केसीका माग सम्बोधन गर्न सरकारले वार्ता टोली गठन गरेको छ । वार्ताबाटै समाधान खोज्नुपर्ने भएकाले अस्पताल बन्दजस्ता विरोधका कार्यक्रम जरुरी छैनन् ।’


नेपाल चिकित्सक संघआबद्ध एक वरिष्ठ चिकित्सकका अनुसार संघको अपेक्षामुताबिक उक्त प्रतिक्रिया आएको टिप्पणी गरे । अनशनरत डा. केसीले कर्मचारीस्तरको वार्ता टोलीलाई कार्यादेश स्पष्ट नभएकाले अधिकारसम्पन्न संयन्त्रसँग मात्र
वार्ता गर्ने बुधबार मात्र बताएका छन् । 

सरकारी र डा. केसीका सहयोगीबीच राजधानीमा सोमबार मंगलबार केही चरण वार्ता भएपनि सहमति हुन सकेको छैन । 
 

डा. गोविन्द केसी

विशेष