News मुख्य समाचार देश

पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न ‘मिस टुरिजम’ प्रतियोगिता 

पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न ‘मिस टुरिजम’ प्रतियोगिता 

काठमाडौं । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्धेश्यले ‘मिस टुरिजम’ प्रतियोगिता तेस्रो संस्करण गर्ने तयारी हुँदैछ । । 


बुधबार प्वाइन्ट मिडिया प्रा.लिले काठमाडौंमा पत्रकार सम्मेलन गरि यहि आउदो भदौ २५ गते ‘मिस टुरिजम २०१८’ प्रतियोगित गर्ने जानकारी गराए ।


प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिए । आजैबाट फारम खुला गरिएको जानकारी दिए ।


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ । 


कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
 

‘मिस टुरिजम’ पर्यटन क्षेत्र

विशेष