News Breaking News मुख्य समाचार

जिल्लामा पहिरोले गर्दा मृत्यु 

जिल्लामा पहिरोले गर्दा मृत्यु 

पाेखरा । अविरल वर्षाको कारण गोरखा र पर्वत जिल्लामा पहिराे गएकाेले चार जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । 

 

माथिबाट पहिरो आएर स्थानीयवासी बमबहादुर परियारको घर पुरिँदा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो ।


त्यसैगरि, गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा सुतेका तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 


प्रहरी अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीया सरु कुँवर, मृतकको आठ महिने छोरो युनिक र बलबहादुर कुँवरको छोरी ११ वर्षीया प्रवीना रहेका छन् । 


त्यसैगरि, दार्चुलाको मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । 


मंगलबार राति परेको वर्षापछि आज दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो । सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

 

पहिरोले बाख्रा पुरिएपछि पीडित सितोलीले क्षतिपूर्तिका लागि गाउँपालिका कार्यालयमा निवेदन दिने बताएका छन् । 

दार्चुला पहिरोले गर्दा मृत्यु  चार जनाको मृत्यु पर्वतको जलजला गोरखाको शहीद लखन बाख्रा पहिरामा पुरिए

विशेष