तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण
नेपालगन्ज । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गत वर्ष देखि हालसम्ममा तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण गरेको बताए ।
आगलागी, बाढीपीडित, चट्याङ, करेन्ट, द्वन्द्वपीडित, अपांग, घाइतेलगायतलाई उक्त रकम बराबरको राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
बाँके जिल्ला प्रशासनमार्फत गत आ.वमा करिब २५ करोड बराबरको राहत वितरण भएको छ । उनको अनुसार आ.व २०७४-७५ मा १६ हजार ४५१ थान नागरिकता र छ हजार १३३ थान राहदानी वितरण गरिएको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयमा हालसम्म एक हजार ५३५ संस्था दर्ता, नौ कानूनी विवाह दर्ता र १८८ नाबालक परिचयपत्र वितरण भएको प्रजिअ केसील जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी तीन लाख ४४ हजार ७७ थान नागरिकता एक हजार ५३५ संस्था दर्ता नौ कानूनी विवाह दर्ता १८८ नाबालक परिचयपत्र वितरण