News

सात अर्बकाे हतियार किन्दैछ सेना

सात अर्बकाे हतियार किन्दैछ सेना

काठमाडौं - सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ ।

 

चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । 

 

रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ । 

 

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।

नयाँ पत्रिकाबाट । 

विशेष