News

‘छोरालाई नभन्दिनू, म यौकर्मी हुँ’ 

‘छोरालाई नभन्दिनू, म यौकर्मी हुँ’ 

काठमाडौं ।
 ‘कति वर्षको हुनुभयो ?’ 
महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, रानीपोखरी, काठमाडौंकी प्रहरी नायब निरीक्षक सुषमा कठायतले एक जना महिलालाई सोध्दै थिइन् । 
जवाफमा उनले भनिन्, ‘५५ पुगेँ, म्याडम ।’

 

झिलिक्क परेको गुलाबी सारी, सपक्क मिलाएर कोरिएको कपला, हल्का मेकअप । तर, मेकअपले छोप्न सकिरहेको थिएन, उनको अनुहारको चाउरी । खुट्टामा टिलिक्क टल्किने पाउजु लगाएकी थिइन् । हातमा सानो किप्याडवाला मोबाइल बोकेकी थिइन् । 
आँखाभरी आँशी पार्दै ती महिला सब–इन्स्पेक्टर कठायतलाई बारम्बार भनिरहेकी थिइन्, ‘छोरालाई केही नभनिदिनुस है म्याडम ।’
बेलाबेला त्यही किप्याड थिच्थिन् । र, छोरासँग कुरा गर्दै भन्थिन्, ‘कहाँ आइपुगिस् ? ’

 

कठायतका अनुसार ती महिला यौनकर्मी हुन् । उनलाई बाटोमा ग्राहक खोजिरहेको अवस्थामा प्रहरीले समातेर ल्याएको थियो । सर्लाही घर भएको बताउने उनले छोराछोरी पढाउन र घरखर्च चलाउन यौन पेशा अँगालेको बताएकी थिइन् । ‘हामीले यस्ता महिलालाई वैकल्पिक पेशा अपनाउन सल्लाह दिन्छौंँ’, कठायतले भनिन्, ‘यहाँबाट जाँदा हुन्छ, अबदेखि गर्दैनौँ’ भन्नुहुन्छ । बाहिर गएपछि त्यही ताल हो ।’

 

केही समयपछि एक जना २४÷२५ वर्षका युवक आए । उनी तिनै महिलाका छोरा थिए । सुषमाले ‘सामान्य अनुसन्धानका लागि ल्याएको’ भनेर छोरालाई आमाको जिम्मा लगाएर पठाइन् । 

 

‘उनीहरुका आफ्नै कथा व्यथा छन् ।’ कठायतले भनिन्, ‘कसैका कथाले त आँखा रसाउँछन् । हामी सकेसम्म उनीहरुलाई सुध्रिने मौका दिन्छौं । उनीहरुको गोप्यता भंग गरिदिदैनौं । हाम्रो उद्देश्यभ नेको उनीहरुको जीवन राम्रो बनाउनु हो । त्यो दलदलबाट उनीहरुलाई बाहिर निकाल्नु हो ।’

 

सामातिएर ल्याइएका कतिपय यौनकर्मी महिलालाई देख्दा सब–इन्स्पेक्टर कठायतलाई ‘उनीहरु यौनकर्मी हुन्  भनेर विश्वास गर्न गाह्रो हुन्छ । ‘छोराछोरी लाठे भइसकेका पाको उपमेका महिला हुन्छन्’ उनले भनिन्, ‘विश्वास गर्नै गाह्रो हुन्छ । नातिनातिना भइसकेका हजुरआमाहरु प्नि यो पेशामा छन् । हामी उहाँहरुलाई काउन्सिलिङ गरेर पठाउने बाहेक केही गर्दै सक्दैनौं । 
सम्पूर्ण साप्ताहिकबाट    
 

विशेष