News मनोरञ्जन

उपत्यकाका २० हलमा बक्स अफिकाे शुभारम्ब

उपत्यकाका २० हलमा बक्स अफिकाे शुभारम्ब

काठमाडाैँ । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको शुभारम्ब गरेका छन् । 
 
राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ । बाँकी केहि हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानाएकाे छ । 
 
अर्को बर्षकाे असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गरेरै छाड्ने प्रतिवद्धता सञ्चारमन्त्री बाँस्कोटाले व्यक्त गरे । उनले भने, 'अब निर्माताले घर-घडेरी डुबाउनु पर्ने दिन आउने छैन ।
 
मन्त्री बाँस्कोटाले अगाडि भने, ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ उनले हलहरुको वर्गिकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने पनि घोषणा गरेका छन् । 
 


 

 
 

बक्स अफि चलचित्र विकास बोर्ड

विशेष