News मुख्य समाचार देश

कमजोर सुरक्षा प्रणालीले गर्दा लागुऔषध प्रयोगकर्ता बढ्दै

कमजोर सुरक्षा प्रणालीले गर्दा लागुऔषध प्रयोगकर्ता बढ्दै

बुटवल । बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । 

 

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । 

 

उनले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ । 

 

आर्थिक वर्ष २०७२-७३ मा लागुऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३-७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४-७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । 

लागुऔषध कारोवारको केन्द्र बन्दै

विशेष