News खेल

गौचनले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

गौचनले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय टोलीका सदस्य शक्ति गौचनले आफ्नो क्रिकेट जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । आज आयोजित एक कार्यक्रमा उनले यस्तो घोषणा गरेका हुन् । कहिलेदेखि  खेल जीवनबाट सन्यास लिने भनेर चाहिँ उनले खुलाएका छैनन् ।

 

इंग्ल्यान्डको लर्डसमा हुन लागेको टि—२० क्रिकेट सिरिज र नेदरल्यान्ड्ससँग हुन लागेको एक दिवसीय क्रिकेटका लागि जान लागेका शक्तिले नेपालमा हुने कुनै एउटा अन्तराष्ट्रिय फ्रेन्डसिप म्याच खेलेपछि सन्यास लिने बताए ।

 

बुधबार आयोजित एक कार्यक्रममा युवालाई मौका दिनुपर्ने उल्लेख गर्दै गौचनले सन्यास लिनेबताएका हुन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले इङ्ल्याण्डको लर्डसमा एमएमसी र नेदरल्याण्डसंग खेल्दै एकदिवसीय खेलको शुरुवात हुदैछ ।

 

गौचनले नेदरल्याण्डको भ्रमण क्रिकेटका लागि अन्तिम अन्तराष्ट्रिय भ्रमण भएको बताए । अन्तराष्ट्रिय क्रिकेटममा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका उनी सन् २००२ मा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
 

शक्ति गौचन क्रिकेट सन्यास

विशेष