News मुख्य समाचार समाज देश

सम्बन्ध विच्छेदमा दाङ सबभन्दा अगाडि

सम्बन्ध विच्छेदमा दाङ सबभन्दा अगाडि

दाङ । गएको आर्थिक वर्षमा दाङ जिल्ला अदालतमा बढी सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावल अनुसार ६४० सम्बन्ध विच्छेदका मुद्धाहरु अझै छिनो हुन सकेको छैन् ।

 

न्यायाधीश रावलले बताए अनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्धामध्ये ४९५ वटा मुद्धा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् । न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए । 

 

आव २०७३-७४ मा पनि जिल्ला अदालत दाङ देउखुरीमा ५२७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४१८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्धा दर्ता भएकामा २५ वटा मुद्दा फछ्यौट भएका छन् । 

 

लागुऔषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीन वटा मुद्धा दर्ता भएकामा एक वटा र मानव बेचबिखनका तीन वटा मुद्धा दर्ता भएकामा तीनवटै मुद्धा फछ्यौट भएको न्यायाधीश रावलले जानकारी दिए । 

 

दाङ देउखुरी जिल्ला अदालतले पत्रकार भेटघाटको आयोजना गरी अदालतले एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो । न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३०५ वटा विभिन्न मुद्धा दर्ता भएकामा तीमध्ये एक हजार ४७१ वटा मुद्धा फछ्यौट भएको जानकारी दिए । 

दाङ जिल्ला अदालत न्यायाधीश हेमन्त रावल

विशेष