भिडियो News मुख्य समाचार

चिकित्सक संघ चुप लागेर नबस्ने : डा. कार्की  (भिडियोसहित)

चिकित्सक संघ चुप लागेर नबस्ने : डा. कार्की  (भिडियोसहित)

काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले डा. गोविन्द केसीका समर्थकहरूमाथि सरकारले बिहीबार बिहान गरेको अमानवीय व्यवहारप्रति संघ चुप लागेर नबस्ने बताएका छन् । 


राजधानीको मण्डलामा विरोध प्रदर्शनमा भाग लिन आएका डा. कार्कीले जुम्लामा सरकार आज जुन रूपमा प्रस्तुत भयो यसले प्रजातान्त्रिक मूल्य, मान्यताको ठाडो उल्लंघन भएकाले घोर भत्र्सना गरेका छन् ।


डा. कार्कीले चिकित्सकहरूले मुठभेड नचाहेकाले सरकार पनि संवदेनशील भएर बस्न अपिल गरे । 


डा. कार्कीले सरकारले डाक्टरहरूलाई उत्तेजनामा ल्याउने कार्य नगरियोस् भन्ने आग्रह पनि गरे । 


यस्तै महिला नेत्री रञ्जु दर्शनाले डा. केसी कुनै वादमा नलागि विशुद्ध चिकित्सा क्षेत्रको सरधारका लागि अनशन बसेकाले उनको माग जनताको माग भएको बताइन् । 


नेत्री दर्शनाले डा. केसीको माग एक्लो व्यक्तिको माग नभई निमुखा र मध्यम वर्गका नेपाली जनताको मागप्रति छलछाम गर्नु नहुने बताइन् । 


अर्का डा. सुमेध मिश्रले डा. गोविन्द केसी जनताका लागि लडिरहेका व्यक्ति भएकाले उनले भविष्यमा ज्यानमारा चिकित्सक उत्पादन नहोस् भन्ने माग राखेकाले शीघ्रातिशीघ्र उक्त पूरा गर्नु पर्ने बताए । 


यस्तै विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाले पनि डा. गोविन्द केसीले संविधानसम्मत अधिकारका लागि आवाज उठाएको बताए । उनले सरकारले एक नागरिकसँग १४ पटकसम्म सम्झौता गर्ने तर, त्यसको बारम्बार उल्लंघन गर्ने लाजमर्दो अवस्था भएको टिप्पणी गरे ।

डा. कार्की नेपाल चिकित्सक संघ डा. गोविन्द केसी

विशेष