News मुख्य समाचार

डा. गोविन्द केसी काठमाडौं आउँदै

डा. गोविन्द केसी काठमाडौं आउँदै

काठमाडौं । जुम्लामा निर्दोष जनताको रगत बग्ने स्थितिको आँकलन गरेर अन्ततः डा. गोविन्द केसी जुम्लाबाट काठमाडौं फर्केका छन् । डा. केसी २० दिनदेखि जुम्लामा अनशनरत थिए । 
जुुम्लास्थित डा. केसीको हेरचारमा संलग्न डा. विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिए । डा. केसीले स्थानीय जनतालाई सम्झाएर नै काठमाडौं फर्किएको डा. दाहालले बताए । 
डा. केसीलाई स्थानीय जनताले फूलमाला लगाएर बिदा गर्दै काठमाडौं गएर पनि आन्दोलन जारी शुभकामना दिएका थिए ।  

डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा सचिवको नेतृत्वमा बिहीबार बिहान एक हेलिकोप्टरसहित एक टोली काठमाडौंबाट जुम्ला पुगेको थियो ।
 

डा. केसी

विशेष