News समाज देश

संघमा १५ हजार कर्मचारी थपिने

संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौं । सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । 

 

प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो ।

 

यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेको थियो । 

 

मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार संघमा विभाग र कार्यालयको संख्या बढेकाले कर्मचारी पनि १५ हजारले बढाउन लागिएको हो ।आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । 

कर्मचारी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय

विशेष