राजाकाे पालाका कमल थापा जस्तै भए गृहमन्त्री बादलः राजन केसी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजन केसीले गृहमन्त्री रामबहादुर थापालार्इ कमल थापाकाे 'फाेटाे कपी'काे संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा सांसद केसीले ज्ञानेन्द्र सरकारको पालमा तत्कालीन गृहमन्त्री कमल थापाकाे काम गर्ने प्रवृति बादलले अनुसरण गरेकाे बताए ।
‘राज्यका ज्यादतिविरुद्ध आवाज बुलन्द गर्न ज्ञानेन्द्र सरकारको पालमा तत्कालीन गृहमन्त्री कमल थापाले गरेका थिए । उनले पनि विरोध प्रदर्शनका लागि भक्तपुरको चौर देखाएका थिए,’ केसीले भने, ‘पुनरावृत्ति भएकाे छ, पात्र फेरिएका छन्, रामबहादुर थापा गृहमन्त्री भएका छन्, हिजो कमल थापा थिए, यो लोकतन्त्रविरोधी काम हाे ।’
उनले काठमाडौंका विभिन्न क्षेत्रमा गरेको निषेधित क्षेत्रको निर्णय फिर्ता नलिए कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने बताए ।सरकारका पछिल्ला निर्णयबाट आमनागरिक त्रसित बनेको उनको भनाइ छ ।
‘जुन ठाउँमा विरोध गर्छ, त्यहाँ निषेधित क्षेत्र घोषणा गरिनु लोकतन्त्रविरोधी कदम हो, संविधान र मौलिक हकविरोधी कमद हो, प्रतिपक्षको सालिनतालाई कमजोर नलिओस्,’ उनले चेतावनी दिए ।
तत्कालिन एमालेप्रति कटाक्ष गर्दै केसीले भने, ‘आज सत्तापक्षमा रहेका दललाई प्रश्न गर्न चाहन्छु, विगतमा रत्नपार्क र शहीद गेटका रेलिङले के अपराध गरेका थिए ?’
रामबहादुर थापा कमल थापा राजन केसी