News

जुुम्लाका स्थानीय वासिन्दाले भने, ‘डा. केसीलाई अपहरण गर्न पाइँदैन्’

डा. केसीलाई काठमाडौं ल्याउने सरकारी योजना तुहियो

जुुम्लाका स्थानीय वासिन्दाले भने,  ‘डा. केसीलाई अपहरण गर्न पाइँदैन्’

काठमाडौं । डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारी योजना तुहिएको छ ।  


डा. केसीलाई जुम्लाबाट हेलिकोप्टरमा काठमाडौंमा ल्याएर उपचार गर्न बिहीबार बिहान  सरकारले शिक्षा सचिव खगराज बराललाई जुम्लातर्फ पठाइएको  थियो । 


जुम्लाका स्थानीय बासिन्दाले माग पूरा नगरी अपहरण गरेर अनशन तुहाउन लागेको भन्दै मानव साङ्लो बनाएर अवरोध गरेका छन् । 
जुम्लाका स्थानीय बासिन्दाले सरकारी टोलीलाई जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र छिर्न नै दिएका छैनन् । 


प्रतिष्ठान परिसरमा स्थानीय बासिन्दा, अस्पतालका कर्मचारी, विद्याथीसमेत ठूलो संख्यामा मानव साङ्लो बनाएर बसेका छन् । 
डा. केसी माग पूरा नभएसम्म जुम्ला नछाड्ने अडानमा छन् । 


यसैबीच राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसद्बाट फिर्ता नहुने बताएका छन् । 
मन्त्री पोखरेलले भने, ‘डा. केसी काठमाडौं आउनुभयो भने उहाँसँग सल्लाह हुन्छ । यदि त्यसो भएन भनेपनि सरकारले कुनै पनि हालतमा विधेयक फिर्ता लिँदैन ।’


‘माथेमा प्रतिवेदनमा रहेका मुख्य विषयहरु हटाइको छैन । अध्यादेशमा नपुग कुरा विधेयक संसद्मा गइसकेकाले सांसदले थप्ने तथा संशोधन गर्नेछन् । त्यही नै सही प्रक्रिया हो’, मन्त्री पोखरेलको कथन छ ।


प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा उक्त विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । 
 

डा. गोविन्द केसी

विशेष