News

देवताहरुका राजा इन्द्रको यौन दूराचार यो हदसम्मको थियो 

देवताहरुका राजा इन्द्रको यौन दूराचार यो हदसम्मको थियो 

काठमाडौं । देवताहरुका राजा भएर पनि इन्द्र देवताको कोटीमा पर्दैन थिए । इन्द्रका कैयन कहानीहरु छन् जसबाट उनी एक यौन व्यभिचारीका रुपमा समेत परिभाषित भएका छन् । पद्म पुराणमा उल्लेख भएअनुसार देवराज इन्द्र जतिबेला पनि अप्सराहरुबाट घेरिएर बस्ने गर्दथे । इन्द्रमा काम वासना यति धेरै प्रचुर थियो कि त्यो कहिले समाप्त नै हुँदैन थियो । 

 

सुन्दरी अप्सराहरुबाट पनि इन्द्रको मन भरिदैन थियो । एक दिन उनलाई पृथ्वीलोकको विचरण गर्ने चाहना पलायो । पृथ्वी भ्रमणका क्रममा उनी एक कुटीको अगाडि पुगे । त्यहाँ एक नारी थिइन् जसको नाम थियो – अहिल्या । अहिल्याको रुप देखेर इन्द्रको मनमा यौन व्यभिचार उत्पन्न भयो । अहिल्या गौतम ऋषिकी पत्नी थिइन् । अहिल्यासँग कामवासना पूरा गर्न इन्द्र हरेक दिन पृथ्वीमा आएर ऋषिदम्पत्ती बारे जानकारी लिन थाले । गौतम ऋषि कुटीमा जाने आउने समय ख्याल गर्न थाले । 

 

गौतम ऋषि बिहानै नदीमा स्नानका लागि जाने गर्दथे । अनि ध्यानमा बस्थे । एक दिन मध्यरातमा इन्द्र गौतम ऋषिको कुटीमा पुगे । मायाको सहयोगले उनले बिहान भएको भान गौतम ऋषिलाई पारिदिए । ऋषि पनि बिहान भएको महशुस गरेर नदी किनारमा पुगे । 

 

यता इन्द्रले त्यही मौका छोपेर गौतम ऋषिको भेष बदलेर अहिल्यालाई कामवासनाको सिकार बनाउन कुटीमा प्रवेश गरे । उनले अहिल्यालाई कामवासनामा ल्याउने प्रयत्न गरे । अहिल्याले इन्द्रलाई चिन्न सकिनन् । कहिले पनि यौनमा त्यस्तो अनुराग नदेखाउने गौतमलाई के भयो भनेर छक्क परिन् । तर कामवासनाप्रति उनी पनि प्रशन्न भएर इन्द्रलाई सहयोग गर्न लागिन् । 

 

यता गौतम ऋषिले नदी किनारमा पुगेपछि मध्यरातमा आफू तटमा आइपुगेको थाहा पाए । उनले कुनै छल भएको अनुमान गरे । अनि तुरुन्तै कुटी फर्किए । त्यहाँ फर्केर हेर्दा आफ्नै रुपको अर्को व्यक्ति आफ्नै पत्नीसँग सहवास गरिरहेको देखे । गौतम ऋषिलाई देखेर अहिल्या र इन्द्र डराए । अहिल्याले त आफ्नै पति ठानेर इन्द्रसँग सहवास गरिरहेकी थिइन् । 

 

गौतमले इन्द्रलाई चिनिहाले । अनि उनलाई स्त्री योनीमा अति धेरै चाहना राखेको भन्दै शरिरमा हजार योनी उम्रने श्राप दिए । त्यसपछि इन्द्रको शरिरभर योनी उत्पन्न भए । त्यसपछि गौतमको अगाडि इन्द्रले हात जोडेर माफी मागे । पछि गौतम ऋषिले हजार योनीलाई हजार आँखामा रुपान्तरण गरिदिए । यहि कारण इन्द्र देवताका राजा भए पनि उनको पुजा देवता सरह गरिदैन ।  
 

विशेष