News

डा. केसीले भने- सरकारले निर्दोष जुम्ली मार्ने भो, बरु मै जान्छु काठमाडौं

डा. केसीले भने- सरकारले निर्दोष जुम्ली मार्ने भो, बरु मै जान्छु काठमाडौं

काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश बमोजिमकै चिकित्सा शिक्षा विधेयक संसदमा लैजानु पर्ने माग राखेर अनसनरत डा. गोविन्द केसीले जुम्लाका जनता मर्नु भन्दा आफै काठमाडौं जान तयार रहेको बताएका छन् ।

 

डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरुले केसीको भनाई उदधृत गर्दै यस्तो जानकारी दिएका हुन् । 

 

जुम्लामा १९ दिनदेखि अनसन बसिरहेका केसीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि सरकारले उनको उपचारका लागि बिहीबार जुम्लामा हेलिकोप्टर पठाएको छ । सरकारले केसीलाई काठमाडौं ल्याएर उपचारको प्रबन्ध मिलाउने प्रयास गरिरहँदा केसीले सरकार अपहरणको शैलीमा उत्रिएको बताएका थिए । केसीको समर्थनमा जुम्ली जनताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान घेराउ गरेका छन् । उनीहरुले केसीलाई लैजान नदिने अडान लिएपछि प्रहरीले बल प्रयोग गरेर धेरैलाई हताहत पारेपछि डा. केसी यस्ताृे निष्कर्षमा पुगेका हुन् । 

अनसनस्थलबाटै केसीले भनेका छन— निर्दोश जनता मारिने स्थिति आउनु भन्दा मै जान्छु काठमाडौं । 
 

डा. गोविन्द केसी

विशेष