News

जुम्लामा गोली चल्यो, एक घाइते 

जुम्लामा गोली चल्यो, एक घाइते 

काठमाडौं । डा. गोविन्द केसीलाई अनसनस्थलबाट उठाएर काठमाडौं ल्याउन गएका प्रहरीहरुले जुम्लामा गोली चलाएर एक घाइते बनाएका छन् । घाइते हुने व्यक्ति प्रहरी हुन सक्ने बताइएको छ । 

 

डा. केसीको मागमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा नेपाल चिकित्सक संघले गरेको धर्ना कार्यक्रमका वक्ताहरुले यस्तो जानकारी दिएका हुन् । केसीलाई काठमाडौं ल्याउन गएका प्रहरीहरुले अस्पताल परिसरमै प्रवेश गरेर गोली चलाएका थिए । 

 

प्रहरीले जुम्लामा विद्यार्थी, महिला, स्थानीयमाथि चरम बल प्रयोग गरेको छ । जसका कारण धेरै मानिसहरु हताहत भएको खबर छ ।  
 

डा. गोविन्द केसी

विशेष