News फोटो

डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन(फाेटाेफिचर)

डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन(फाेटाेफिचर)

काठमाडौं । नेपाल चिकित्सक संघले अाह्वान गरेको माइतीघर मण्डला र नयाँबानेश्वर घेराउ कार्यक्रम सम्पन्न भएको छ । 


डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउदै सम्पूर्ण स्वाथ्य संस्थाहरुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प पारेर आएका संघ आवद्ध चिकित्सक एवम स्वास्थ्यसेवीहरू घेराउ तथा धर्ना कार्यक्रममा सहभागी भएका थिए ।

बिहिबार मध्याह्न १२ बजे माइती घर मंडलामा भेला भएका चिकित्सकर्मीहरू विभिन्न नाराहरू लगाउदै सो स्थानबाट नयाँ बानेश्वरसम्म पुगेका थिए । 


जुलुसमा साउन महिनाको प्रचण्ड गर्मीलाई प्रवाह नगरी उत्साहाजनक संख्यामा सर्वसाधारण र अन्य पेसाकर्मीहरु सम्मिलित थिए । जुलुस माइतीघर मण्डलाबाट नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा संघका पदाधिकारी र अन्य वक्ताले डा. केसीको जीवन रक्षाको माग गर्दै उनको माग तत्काल पूरा गर्न माग गरेका थिए । सभाका वक्ताहरूले जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार बिहान भएको प्रहरी हस्तक्षेप र गोली काण्डको घोर भत्र्सना गरेका थिए ।   


डा. गोविन्द केसी नेपाल चिकित्सक संघ

विशेष