News

जुम्लामा प्रहरीको गोलीबाट प्रहरी जवानको मृत्यु

डा. केसीको रक्षार्थ जुम्लामा जनताको बाक्लो उपस्थिति

जुम्लामा प्रहरीको गोलीबाट प्रहरी जवानको मृत्यु

काठमाडौं । जुम्लामा डा. गोविन्द केसीका समर्थकहरूलाई तितरवितर पार्न चलाइएको प्रहरीको गोलीबाट प्रहरी जवानको नै ज्यान गएको छ ।


प्रहरीले चलाएको गोलीबाट घाइते भएका जवान कमल उपाध्यायको  उपचारको क्रममा ज्यान गएको प्रहरी स्रोतले जनाएको छ ।


डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउन गएको शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी टोलीलाई स्थानीय वासिन्दा, विद्यार्थी र स्वास्थ्यकर्मीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रवेश गर्न रोक लगाइँदा झडप भएको हो । झडपमा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, सर्वसाधारण र विद्यार्थी गरी दर्जनौं घाइते भएका छन् । 


सरकारले अस्पताल परिसरभित्र नै लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नु अमानवीय कार्य र्भको मानवअधिकारकर्मीहरूको टिप्पणी रहेको छ । जुम्लामा बिहीबार दिउँसो ३ बजेसम्म पनि स्थिति तनावग्रस्त रहेको स्थानीय सञ्चारकर्मीहरूले जनाएका छन् । 


एक स्थानीय सञ्चारकर्मीका अनुसार जुम्लामा बिहीबार भएको प्रहरी हस्तक्षेपले पुरानो आन्दोलनको डिग्रीलाई समेत नाघेको छ ।
प्रहरीले अस्पताल परिसरबाट सर्वसाधारणलाई हट्ने आदेश दिए पनि उनीहरू ‘डा. केसीलाई अपहरणशैलीमा काठमाडौं लैजान पाइँदैन्’ भनेर अस्पताल परिसरमा मोर्चाबन्दी गरेर बसेका छन् ।   
 

डा. केसी

विशेष