News Breaking News मुख्य समाचार

सभापति देउवाले भेटे डा. केसीलाई

भोलि माइतीघरमा मण्डलामा प्रदर्शन गरिने 

सभापति देउवाले भेटे डा. केसीलाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । 


डा. केसी अनशन बसिरहेको स्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर कांग्रेसका सभापतिसमेत रहेका देउवाले डा. केसीलाई शुक्रबार भेटेर उनको मागप्रति ऐक्यबद्धतासमेत जनाए । 

 

भेटपछि सभापति देउवाले विगत २० दिनदेखि अनवरत रूपमा डा. केसी अनशनमा बसेकाले उनको स्वास्थ्य अवस्था पहिलेको तुलनामा निकै कमजोर भएको आफूले पाएको बताए । 


सभापति देउवाले भने, ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर, डा. केसीको पछाडि हामी लाखौँ छौँ ।’
सभापति देउवाले डा. केसीको माग अविलम्ब पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । 


यसैगरी भोलि शनिबार मध्यान्ह १२ बजे डा. केसीको पक्षमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूले माइतीघर मण्डलामा हुने प्रदर्शनमा भाग लिने भएका छन् । यसैबीच कांग्रेसले प्रदेश नं. ७ को शुक्रबार बसैको नियमित बैठकमा अवरोध पु¥याएर डा. केसीको माग शीघ्रातिशीघ्र पूरा गर्न आग्रह गरेका छन् ।   
 

डा. केसी

विशेष