News समाज देश

कतार च्यारिटीद्वारा बालमन्दिरका विद्यार्थीहरुलाई शिक्षा सामाग्री वितरण

कतार च्यारिटीद्वारा बालमन्दिरका विद्यार्थीहरुलाई शिक्षा सामाग्री वितरण

काठमाडौं । ग्रामीण बिकास केन्द्रको आयोजनामा कतार च्यारिटीले बुधबार नक्सालस्थित केन्द्रीय बहिरा विद्यालय बालमन्दिरका विद्यार्थीहरुलाई शिक्षा सामाग्री वितरण गरेको छ । 

 

च्यारिटी कार्यक्रमका व्यवस्थापक इर्शाद शेखका अनुसार विद्यार्थीहरुलाई शिक्षामा प्रेरणा दिन तथा प्रोत्साहन बढाउन शैक्षिक सामाग्री वितरण गरिएको हो । उनको अनुसार कक्षा एक देखि दशसम्म अध्ययनरत तीन सय पचीस बिद्यार्थीहरूलाई सामाग्री दिइयो । 

 

प्रत्येक बिद्यार्थीहरुलाई एक थान झोला, छ थान कापी र दश थान कलम दिएको शेखले जानकारी दिए ।  नर्सरी देखि यू। के। जीसम्मको प्रत्येक बिद्यार्थीलाई १ थान बैग सहित ४ कापी र ६ कलम प्रदान गरियो ।

 

बहिरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले आयोजक र दातृ संस्थालार्इ धन्यवाद व्यक्त गर्दै भविष्यमा थप सहयोगको अपेक्षा समेत गरे ।

 

कार्यक्रममा ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसैन, इर्शाद शैख, मकसूद इराकी, इंजीनियर आमिर आफताब लगायत समाजसेवीहरूको उपस्थिति थियो ।

ग्रामीण बिकास केन्द्र कतार च्यारिटी बालमन्दिर

विशेष