News समाज प्रदेश ७

वडा अध्यक्षले दुई लाख ६२ हजार तलब वितरण गरे

वडा अध्यक्षले दुई लाख ६२ हजार तलब वितरण गरे

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका १ का वडाअध्यक्ष आसेफ कुँवरले आफूले पाउने मासिक तलब ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई बाँडेका छन् । वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ ।


एक वर्षको दुई लाख ६२ हजार तलब रकम वडा अध्यक्ष कुँवरले वितरण गरेका छन् । चुनाव लड्दा विजयी भएपछि नगरपालिकाबाट कुनै सुविधा नलिने घोषणा बमोजिम तलव वापतको रकम  जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई बाँडेर बाचा पूरा गरेको वडा अध्यक्ष कुँवरले बताए । 


तलव वापतको रकम १६२ जनालाई एक हजार ५०० का दरले उनले बाँडेका हुन् । वडा अध्यक्षले असहायलाई तलव बाँडेर गुन लगाएको ८६ वर्षीय लालबहादुर कुँवरले बताए ।

उनले भने, ‘पञ्चायतदेखि लोकतन्त्र आउँदासम्म वडामा धेरै प्रतिनिधि आए । तर कसैले सहयोग गरेनन्। कुँवर आएपछि उनले तलव बाँडेर सबैको आदर्श बनेका छन् ।’
 

वडाअध्यक्ष आसेफ कुँवर

विशेष