News राजनीति

उद्दार र राहातका लागि बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न कार्यकर्तालाई तरुण दलको अपिल

उद्दार र राहातका लागि बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न कार्यकर्तालाई तरुण दलको अपिल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरुढ दलले डुबान र बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहातका लागि खट्न अाफ्ना नेता कार्यकर्तालार्इ अपिल गरेकाे छ । 


तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सोमबार अपरान्ह प्रेस विज्ञपति जारी गर्दै तत्काल तरुण दलको झण्डासहित राहत सामाग्री बोकेर बाढी–पहिरो प्रभावित क्षेत्रमा पुग्न अपिल गरेका हुन् ।  

 

‘‘तरुण दल केन्द्रीय समितिको तर्फबाट सम्पूर्ण जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा तहका सम्पूर्ण तरुण साथीहरुलाई आफ्नो मातृभूमी प्रतिको कर्तव्य सम्झेर सबैभन्दा एक कदम अगाडि तरुणको झण्डासँगै राहत सामाग्री बोकेर बाढी–पहिरो पीडित  क्षेत्रमा तत्काल पुग्न सबैमा अपिल गर्दछु ।’’ महासचिव शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

 

गएरातिबाट शुरु भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थान डुबानमा पर्नुका साथै पहिरोमा ज्यान गुमाएकाहरू प्रति गहिराे दुःख व्यक्त गर्दै तरुण दलले तत्काल उद्दार र राहात प्रदान गर्न ‘जनताको साथमा तरुण दल, युवाको साथमा तरुण दल’ अभियान सञ्चालन गरिने जनाएको छ । 

तरुण दल भुपेन्द्रजंग शाही

विशेष