News

झडप भएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई बालुवाटार

झडप भएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई बालुवाटार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर शनिबार छलफल गरेका छन् ।

 

अनसनरतडाक्टर गोविन्द केसीको समर्थनमा बानेश्वरमा निकालिएको विरोध र जुलुस प्रर्दशनमा झडप भएपछि त्यसबारे समिक्षा गर्न र सरकारको आधिकारीक धारणा बनाउन मन्त्रीहरूलाई बालुवाटार बोलाएको स्रोतले उल्लेख गरेको छ ।  आज अपरान्ह डा. के.सी को माग पुरा गर्ने विषय लिएर समर्थकहरूले झडप गरेका थिए ।

 

झडपलाई नियन्त्रण गर्नको लागि प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका थिए ।प्रदर्शनकारीले प्रदेश नम्बर ३ का सामाजिक मन्त्री युवराज दुलाल चढ्ने बा १ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक मन्त्री किशोर शाह चढ्ने बा १ झ ७२३४ गाडी र प्रदेश नम्बर ४ की सामाजिक मन्त्री नरदेवी पुन मगर चढ्ने ग १ झ २७६ गाडी तोडफोड गरेको हो ।

 

झडपमा डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य प्रदर्शनकारी पनि घाइते भएका छन् ।
 

प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार

विशेष