News अपराध सुरक्षा देश प्रदेश ३

भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ

भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ

सिन्धुली । नेपाली सेनाको महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत एक जना सैनिक पक्राउ परेका छन्। सिन्धुलीकी एक युवतीको हत्या गरेकाे आरोपमा जवान लालबहादुर ढुंगेललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो। 

 

प्रहरीले म‌गलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । उनले गत जेठ ११ गते २४ वर्षिया बसुन्धरा खड्काको सुनकोशी किनारमा हत्या गरेको खुलेको छ ।बिदामा सिन्धुली आएका बेला ढुंगेलले खड्काको हत्या गरेको सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवले बताए।

 

शारिरीक सम्बन्ध राख्न नमानेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अभियुक्त ढुंगेलले पनि आफुले हत्या गरेको स्वीकारेका छन्। ढुंगाले टाउकोमा हानेर उनले हत्या गरेका थिए । 

पक्राउ भैरवदल गण सैनिक

विशेष