News

सदर चिडियाखाना अब प्रविधिमैत्री बन्ने

सदर चिडियाखाना अब प्रविधिमैत्री बन्ने


काठमाडाैं । जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ । नेपालको एक मात्रै चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताए ।

 

आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् । प्रवेशद्वार नजीकै सूचना कक्ष हुने छ । उहाँले भन्नुभयो, ‘कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् । ’ दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उनले बताए ।

 

मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरका बारेमा जानकारी पाउन सक्नछन् । उनले भने, ‘कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् ।’सूचना कक्षमा केही समय बिताउँदा अध्ययन÷अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् ।

 

जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् । त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ ।
 

सदर चिडियाखाना

विशेष